‘घामड शेरे’ पछि ‘दिमाग खराब’ गर्दै निश्चल र स्वस्तिमा



निर्देशक निश्चल बस्नेतले निर्देशनमा कमब्याक गर्ने भनिएको चलचित्र ‘दिमाग खराब’ अब निर्देशक सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । निश्चलले निर्माण गर्ने चलचित्रको तिहारपछि छायांकन सुरु हुँदैछ । चलचित्रमा निश्चलको जोडीमो रुपमा अभिनेत्री स्वस्तिमा खड्का हुनेछिन् । कात्तिक ८ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘घामड शेरे’ मा उनीहरु भेना र सालीको भूमिकामा छन् ।

‘दिमाग खराब’ आफैंले निर्देशन नगर्नुको कारणबारे उनले भने- ‘पहिला यो चलचित्र म आफैंले निर्देशन गर्न लागेको थिएँ । चलचित्रका लागि कथा पनि तयार भइसकेको थियो । तर, पछि म आफैंलाई चलचित्रको कथाले छुन सकेन । अनि, त्यसलाई पोको पारेर फ्यालिदिएँ । अब सिमोस सुनुवारले नयाँ कथामा चलचित्र बनाउँदै हुनुहुन्छ । त्यसमा म र स्वस्तिमा लिड रोलमा हुनेछौं ।’

‘दिमाग खराब’ मा काम गरेपछि भने निश्चल चलचित्र निर्देशनमा फर्किने मनस्थितिमा छन् । ‘लुट २’ पछि चलचित्र निर्देशन छाडेर अभिनयमा व्यस्त निश्चल चलचित्रमा अभिनय गर्नु आफ्नो रहर र बाध्यता दुबै भएको बताउँछन् । ‘मैले जति चलचित्रमा केमियो गरेँ त्यो सबै बाध्यतामा गरेको थिएँ । साथीको कुरा काट्न नसकेर गरेको हुँ । लिड रोलमा गरेको चलचित्र चाहिँ मेरो रहर हो’, उनी सुनिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu