‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी



हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी परेको छ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा कपिराइटको उजुरी दर्ता गरेको हो ।

‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हबले प्रहरीमा उजुरी दिएको बुझिएको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) को समूहलाई बोलाएको छ । मिडिया हबले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने गरेको छैन ।

जिग्री, पाँडे, बले कक्रोच, सितेबाजस्ता दर्जनौं क्यारेक्टरहरु मिडिया हबले निर्माण गरेको हास्यटेलिसिरियल ‘भद्रगोल’ ले उत्पादन गरेको हो । मिडिया हबसँग कुरा नमिलेपछि सोही टिमले अहिले ‘सक्किगोनी’ प्रशारणमा ल्याएको छ । जुन छोटो समयमै लोकप्रिय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu