अन्तर्राष्ट्रिय सहकार्यमा नेपाली चलचित्र ‘शिरजरा’ निर्माण हुने



काठमाडौं – नेपाल, अमेरिका र पोल्यान्डको त्रिपक्षीय सहकार्यमा ‘शिरजरा – सङ अफ ग्रान्डमदर’ नामक चलचित्र निर्माण हुने भएको छ। यस चलचित्र निर्माणमा नेपालको किङ्डम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्यान्डको फिक्जा फिल्मस् ले हात मिलाएका छन्।

चलचित्रको लेखन तथा निर्देशन विकास सुबेदीले गर्नेछन्। नेपालका तर्फबाट निर्माताको भूमिकामा सुवास भुसाल रहनेछन् भने कार्यकारी निर्माताको जिम्मेवारी अमेरिकाका कृश बेरुटीले सम्हालेका छन्। यसको पोस्ट–प्रोडक्सनको काम पोल्यान्डमा हुने जनाइएको छ।

निर्माण पक्षका अनुसार यो चलचित्र ‘मेटा–मोर्डन फिलोसोफिकल ड्रामा’ जनरामा आधारित हुनेछ। यद्यपि, चलचित्रको मुख्य कथावस्तु र विषयवस्तु भने तत्काल सार्वजनिक गरिएको छैन।

हाल चलचित्रको प्रि–प्रोडक्सन कार्य तीव्र गतिमा चलिरहेको छ। निर्माण पक्षले दिएको जानकारीअनुसार चलचित्रको मुख्य छायाङ्कन कार्य फेब्रुअरी २०२६ बाट सुरु हुनेछ।

निर्माता भुसालले केही दिनभित्रै चलचित्रका कलाकार तथा प्राविधिक टोलीबारे थप औपचारिक जानकारी गराइने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu