‘सिने स्टार अवार्ड’ को लागि फिल्म दर्ता आह्वान



क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को लागि फिल्म दर्ता आह्वान गरिएको छ । आगामी जनवरी अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागी फिल्म दर्ता प्रक्रिया सुरु भएको हो । आयोजक संस्थाले दिएको जानकारी अनुसार बर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरुले यहि कार्तिक मसान्तभित्र दर्ता प्रक्रियामा सहभागी हुन सक्नेछन्

‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर आयोजना हुन लागेको अवार्डको लागी दर्ता प्रक्रियामा सहभागी हुने फिल्महरुबाट निर्णायक टिमले उत्कृष्ट तीन मनोनयन तय गर्ने आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टका प्रतिक बुढाथोकीले बताए । जनवरी ३१ तारिखमा हुने अवार्डको लागि मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी निर्णायक टिममा सदस्य छन् ।

उल्लेखित निर्णायक टिमले अवार्डको लागि सहभागी हुने फिल्महरुबाट विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गर्नेछ । अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह-अभिनेता, सह-अभिनेत्री प्रतिस्पर्धी विधा समावेश छन् । मनोनयन सुची भने मंसिर दोश्रो साता सार्वजनिक हुनेछ ।

प्रतिस्पर्धी विधासँगै नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका एक चलचित्रकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र निर्णायक टिमको तर्फबाट जुरी अवार्ड समेत प्रदान हुनेछ । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुँदैछ ।

पर्यटन बर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवर्धनमा ठुलो भुमिका खेल्ने र सरकारले पर्यटन बर्ष मनाइरँदा विदेशी भुमिका आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियानमा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ । दैनिक १ लाख बढि पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता पनि आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu