मिरुनासँग रोमान्स गर्दै दयाहाङ



चर्चित लेखक उपेन्द्र सुब्बाले निर्देशन गर्ने चलचित्रमा अभिनेता दयाहाङ राईसँग अभिनेत्री मिरुना मगरको जोडी बाँधिएको छ । लामो समयदेखि निर्माण टिम अभिनेत्रीको खोजीमा थियो । केही दिन अगाडि मात्र मिरुनासँग निर्माण टिमको कागजी सम्झौता भएको जानकारी प्राप्त छ । लेखक सुब्बाले पहिलो चलचित्र निर्देशनमा हात हाल्न लागेका हुन् ।

चलचित्रको कात्तिक १४ गतेबाट छायांकन सुरु हुँदैछ । चलचित्रको अधिकांश छायांकन पाँचथरमा हुने जानकारी प्राप्त छ । चलचित्रको कथा उपेन्द्र स्वयंले लेखेका हुन् । यो चलचित्रका लागि अभिनेता दयाहाङले छायांकनरत फिल्म ‘लप्पन छप्पन २’ समेत छाडेको चर्चा छ । यद्यपि, यस विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन ।

अभिनेत्री मिरुनाको कुरा गर्ने हो भने उनले अहिलेसम्म चार चलचित्रमा काम गरिसकेकी छन् । उनले ‘लालपूर्जा’ बाट डेब्यू गरेकी थिइन् । तर, डेब्यू चलचित्र नै बक्सअफिसमा डिजास्टर सावित भयो । दोस्रो चलचित्र ‘रोज’ उनले अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग गरिन् । तर, यो चलचित्रले पनि हलमा हावा खायो ।

यद्यपि, उनलाई दर्शकमाझ चिनाउन यो चलचित्रले ठूलो भूमिका खेलेको थियो । उनको तेस्रो चलचित्र ‘साइनो’ गएको साउनमा प्रदर्शनमा आएको थियो । तर, उनलाई तेस्रो चलचित्रले पनि राहत दिएन । मिरुनाको चौथो चलचित्र ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ । यसमा उनको अभिनेता आर्यन सिग्देलसँग जोडी बाँधिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu