‘अन्तरे’ ल्याउँदै सत्यराज



युवा निर्देशक सत्यराज चौलागाईँ नयाँ चलचित्र बनाउन कस्सिएका छन् । यसअघि ‘अनुराग’ निर्देशन गरेका उनले अब ‘अन्तरे’ नाममा चलचित्र बनाउने भएका छन् । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । समसामयिक कथामा चलचित्र बन्नेछ ।

निर्देशक सत्यराज अहिले चलचित्रको स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । चौलागाईँ भन्छन्, ‘स्क्रिप्ट तयार भएर केही कलाकारहरु अनुबन्ध भइसकेका छन् । तर, मुख्य पात्रहरु छनौट भइसकेका छैनन् । यो अलिक चरित्रात्मक चलचित्र भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने कलाकारसँग छलफल भइरहेको छ’ ।

निर्देशक सत्यराज विगत १२ बर्षदेखि निरन्तर नेपाली चलचित्रमा सक्रिय छन् । उनले दर्जनौँ चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका छन् । उनले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘अनुराग’ गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । ‘अन्तरे’ लाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने उनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu