नेपाली पाईलट तथा अभिनेता विजय लामा हलिउड चलचित्रमा



bijay-lama[dropcap]ने[/dropcap]पाली पाईलट तथा अभिनेता विजय लामा हलिउड चलचित्र ‘एभरेष्ट’मा देखिने भएका छन् । केहि दिन पहिले ‘माउन्ट एभरेष्ट’ एरियाको सुटिङको लागी नेपाल आएको हलिउड चलचित्रका नायक सहितको टोलीमा अनुबन्ध हुँदै उनले सो चलचित्रमा अभिनय गर्ने अवसर पाएका हुन् ।

नेपाली रुपैया ६ अर्व बजेट रहेको भनिएको यो चलचित्रको लागी लामाको तर्फबाट नेपालबाट छायांकनमा परेका दृश्यहरु मंगलवार लिईसकिएको छ । चलचित्र ‘एभरेष्ट’मा उनी कर्नेल मदन के.सी.को रोलमा देखिनेछन ।

विगत ३३ बर्षदेखि नेपाली फिल्मी जगतमा भद्र एवं उच्च कोटीको छवि बनाएका लामालाई निर्देशक बाल्टासर कोरमाकारले फिल्म खेल्नका लागि सिधै छनौट गरे पश्चात उनी यो फिल्ममा अनुबन्ध भएका हुन् ।

यो चलचित्रको निर्माण युनिट गत आईतबार छायाकंनका नेपाल आएको थियो । टोलीमा हलिउडका चर्चित नायक जोस ब्रोलिन र जेसन क्लार्क पनि सहभागी छन । यी दुई चर्चित अभिनेताको पनि नेपाली दृश्यमा अभिनय रहेको छ ।

चलचित्र ‘एभरेष्ट’ सन् १९९६ मे १० तारिखका दिन आएको हिम पहिरोका कारण ज्यान गुमाएका ८ विदेशी नागरिकको कथा माथि केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu