र्‍यापर भिटेन पक्राउ



चर्चित र्‍यापर ‘भिटेन’ भनेर चिनिने समीर घिसिङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।

‘हामी यस्तै त हो नि ब्रो’ गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए।

पक्राउ परेका भिटेनले आफ्नो गीत युट्युबबाट हटाइसकेका छन् । प्रहरीले केही दिनअघि मात्रै ‘ह्याप्पी तिहार, चिसो बियर…’ भन्दै गीत गाएका दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएर गीतबाट केही शब्द हटाउने सर्तमा छोडीदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu