बागलुङमा बीएसआर मुभिजको पहिलो शाखा



नेपालमा मल्टीप्लेक्सको निर्माण तीव्र गतिमा भइरहेको अवस्थामा गोंगबुस्थित बीजी मलमा रहेको मल्टीप्लेक्स हल बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बरिष्ठ फिल्मकर्मी निर शाहले बुधबार बीएसआर मुभिज बागलुङको उद्घाटन गरे ।

शाहसँगै राजधानीबाट अभिनेत्री गौरी मल्ल, निर्देशक दिपाश्री निरौला र कलाकार अनुरागमासिंह कुँवर हल उद्घाटन समारोहमा सहभागी भएका थिए । बिहिबारबाट व्यावसायिक सञ्चालनमा आएको दुई अडिटोरियमको हलमा दुई सय २६ सिट छन् ।

हलमा थ्रीडि प्रविधि समेत जडान गरिएको प्रबन्ध निर्देशक राजु गिरीले जाकनारी दिए । अन्र्तराष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डब्बु अटमस साउण्ड सिष्टम नेपालमा भित्राउँदै बीएसआरले दुई वटा अत्याधुनिक फिल्म हल सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu