‘द भ्वाइस अफ नेपाल’ मा नकआउट राउण्ड सुरु



हिमालय टेलिभिजनमा प्रसारणमा भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ । ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउण्डमा सांगीतिक भिडन्त गरेका थिए ।

भिडन्तमा सफल हुने ३६ जना प्रतिभाहरुले अब नकआउट राउण्डका लागि प्रतिस्पर्धा गर्नेछन् । ब्याटल राउण्डमा हरेक कोचले ८ जना प्रतिस्पर्धीलाई छनौट गरेका छन् । भने, एक-एकजना प्रतिभालाई अर्को टीमबाट स्टील गरेर आफ्नो टीममा समेटेका छन् ।

अब चारैजना कोचको टीममा ९/९ जना प्रतिभाहरु छन् । उनीहरुले नकआउट राउण्डमा कडा प्रतिस्पर्धाको सामना गरी लाइभ राउण्डमा प्रवेश गर्नेछन् । नकआउटबाट हरेक कोचको टीममा ३÷३ जना प्रतिभाहरु लाइभ राउण्डमा पुग्नेछन् ।

नकआउट राउण्डको पहिलो एपिसोड यही शुक्रबार साँझ ८ बजे प्रसारण हुने छ । हालसम्म कोचको निर्णयका आधारमा अगाडी बढेको प्रतिभाहरुलाई लाइभ राउण्डसँगै जनमतको पनि साथ रहनेछ । अर्थात् लाइभ राउण्डका हरेक प्रस्तुतीमा दर्शकले एसएमएस र अनलाइन भोटिङमार्फत् आफुले मन परेको प्रतिभालाई मत दिन सक्नेछन् ।

दर्शकको भोट र कोचको रायका आधारमा उत्कृष्ट चार जना प्रतिभा ग्राण्ड फिनालेका लागि पुग्नेछन् । मन पर्ने प्रतिभालाई भोट गर्न देश तथा बिदेशमा रहेका दर्शकहरुले प्रभु पे को एप डाउनलोड गरी भोट दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu