कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को ट्रेलर सार्वजनिक भएको छ । देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा नायक भुवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । चलचित्रको ट्रेलर हेर्दा नायक केसी भिलेनको रुपमा देखिएका छन् ।

निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी छ । यो चलचित्रमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मालगायतका कलाकारको अभिनय छ । चलचित्रबाट साहिल श्रेष्ठ र कुसुम राउतले डेब्यू गर्दैछन् । साहिल र भुवनको टकराव चलचित्रमा हेर्न पाइनेछ ।
चलचित्रले विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदिलाई प्रस्तुत गरेको छ । निर्देशक भुषालले चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए । ‘अवसर र रोजगारीका लागि जुनसुकै देशमा रहेपनि नेपाली नेपाली नै रहन्छ’ भन्ने मुल मर्म चलचित्रले बोकेको छ ।
ट्रेलर हेर्नुहोस् :-




