‘इकु’ को निर्देशनमा छलाङ, ‘ब्ल्याक बोर्ड’ बनाउँदै



‘इकु’ उपनामले दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएका कलाकार सुलेमान शंकरले चलचित्र ‘ब्ल्याक बोर्ड’ बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । यो चलचित्रको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत् औपचारिक रुपमा निर्माण घोषणा गरियो । बाल मनोविज्ञानमा आधारित भएर बन्न लागेको चलचित्रको प्रस्तुतकर्तामा अर्जुन सापकोटा र सर्वाणी पाण्डे रहेका छन् ।

नेपाली समाजमा अभिभावकले आफ्नो सन्तानको हेरविचार गर्न नसक्दा उत्पन्न हुने समस्या र समाधानका उपायहरुको खोजी चलचित्रले गर्ने निर्देशनमा होमिन लागेको सुलेमानले जानकारी दिए । सुलेमानसँगै चलचित्रमा सरोज खनाल, निर्मल शर्मा, शिशिर भण्डारी, अशु न्यौपाने, भेषराज गौतम, बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया र रक्षा कँडेलको अभिनय रहनेछ ।


सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा किरण माइकल घिमिरे र सुदिप आत्रेयले लेखेका छन् । काठमाडौं, चितवन र नवलपरासीमा खिचिने चलचित्रको हलमा प्रदर्शनभन्दा अगाडि शैक्षिक संस्था र विदेशमा च्यारिटी शो गरिने निर्माता अर्जुन सापकोटाले बताए । कथावस्तु राम्रो लागेर चलचित्रमा लगानी गर्न लागेको उनको भनाई छ ।

जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहने ‘ब्ल्याक बोर्ड’ मा सम्मान कँडेल, निरभिङण घिमिरे, सुरेश कँडेल र सरला पाण्डे निर्मातामा रहेका छन् । उनीहरुलाई लगानीमा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कँडेलले सघाउनेछन् । चलचित्रमा किरण माइकल घिमिरेको संगीत रहनेछ । कार्यक्रममा निर्देशक सुलेमानले चलचित्रलाई उत्कृष्ट बनाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu