प्रेम र आयुष्माको प्रेम बोल्ने ‘प्रेम संसार’ पोस्टर



आउँदो मंसिर १३ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको राम गौतम निर्देशित प्रेमकथानक चलचित्र ‘प्रेम संसार’ को रोमान्टिक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका प्रमुख अभिनेता प्रेम सोनी र अभिनेत्री आयुष्मा कार्की पोस्टरमा निराश मुद्रामा एकअर्काको अंगालोमा देखिएका छन् । पोस्टरले नै चलचित्र प्रेम कथामा बनेको प्रस्ट्याउँछ ।

चलचित्रमा प्रेम र आयुष्मासँगै कविता नेपाली, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि।कलगायतका कलाकारहरुको पनि अभिनय छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रको कथा प्रेम बहादुर सुनार (गहतराज) ले लेखेका हुन् । भने, उनी चलचित्रका निर्माता पनि हुन् । दिपेन्द्र बस्न्यातले चलचित्र खिचेका हुन् ।

कमल सुनार र सीता सुनार पनि निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । कलाकार समेत रहेका उत्तमले चलचित्रमा आफ्नो अभिनय भने नरहेको गीत सार्वजनिक कार्यक्रममा बताए । यो चलचित्रमा शंखर महर्जनको एक्सन छ । अभिनेता प्रेम र अभिनेत्री आयुष्मा चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu