आर्यन र मिरुनाको ‘च च हुई’ ट्रेलर सार्वजनिक (भिडियो)



अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर स्टारर चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । काग तिहारको अवसरमा सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिएको छ । हङकङ रिर्टन्स दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । यो चलचित्र आउँदो मंसिर ६ गते प्रदर्शन हुँदैछ ।

अभिनेता आर्यन सिग्देल र कलाकार भोलाराज सापकोटालाई ट्रेलरमा ‘इडिएट’ को रुपमा परिचय गराइएको छ । अभिनेत्री मिरुना मगरसँग आर्यनको लभ केमेस्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ । पूर्णतय कमेडी कथावस्तुमा निर्माण भएको चलचित्रमा माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

साम्तेन भुटिया निर्देशक यो चलचित्र एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही चलचित्रमार्फत् निर्माणमा आएका हुन् । चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक भुटिया स्वयं हुन् । ट्रेलरले चलचित्रप्रति दर्शकमा कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ ।

‘च च हुई’ का गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । भने, श्री श्रेष्ठको द्वन्द्व र सुशन प्रजापतिको छायांकन छ । निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल चलचित्र बनाउने प्रयत्न गरेको बताए । अभिनेता आर्यन र अभिनेत्री मिरुनाले चलचित्र राम्रो बनेको बताए । दुबै चलचित्रलाई लिएर उत्साहित छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu