‘आँकुरा आर्ट फेस्टिभल २०१३’



सुकृत नेपाल। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) तथा सामाजिक संस्था आाकुरा फाउन्डेसनको आयोजना र कलश इभेन्टसको सहकार्यमा आाकुरा आर्ट फेस्टिभल २०७० सञ्चालन भइरहेको छ । फेस्टिभल अन्तर्गत आयोजना गरिएको उपत्यकाव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिताका बिजेता विद्यार्थीलाई भदौ २४ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा युनाइटेड स्कुल सातदोबाटो ललितपुरका समृद्धी श्रेष्ठ प्रथम, स्नोल्यान्ड रनग लाइट अफ एजुकेसन बुढानीलकण्ठ काठमाडौंका डोल्मा रनग द्वितीय र ओम ज्ञान मन्दिर लोकन्थली भक्तपुरका अपेक्षा बस्नेत तृतीय हुनुभएको छ । यस्तै अन्य १३ जना विद्यार्थीले विषेश पुरस्कार प्राप्त गर्नु भएको छ ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री किरण मानन्धरले पुरस्कृत बाल चित्रकारलाई नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभयो । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई क्रमशः दस हजार (१०,०००), सात हजार (७,०००) र पाँच हजार -५,०००) पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै प्रतियोगिताका अन्य १३ उत्कृष्ट विद्यार्थीलाई जनही एक हजार (१,०००) विशेष पुरस्कार प्रदान गरिएको छ ।

विद्यार्थीले सिर्जना गरेका चित्रको प्रदर्शनी पनि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अरनिको ग्यालरीमा सुरु भएको छ । प्रदर्शनीको कुलपति किरण मानन्धरले ज्यूले उद्घाटन गर्नुभयो । प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीका चित्र प्रदर्शनीमा समावेश गरिएको छ । भदौ २४ देखि सुरु भएको प्रदर्शनी भदौ २७ गतेसम्म (चार दिन) सञ्चालन हुँदैछ ।

विश्वव्यापी रुपमा समस्या बनेको वातावरण प्रदुषण विरुद्दमा जनचेतना जगाउने, हाम्रो संस्कृति प्रति सचेत गराउने तथा बालबालिकाको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने उद्देश्यले नाफा र आाकुरा फाउन्डेसनद्वारा ‘संस्कृति र वातावरण’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिता थियो । प्रतियोगिताको निर्णायकमा प्रतिष्ठानका प्राज्ञापरिषद्का सदस्य शान्तकुमार राई र र प्राज्ञ सभासद् ताराप्रसाद ओझा रहनुभएको थियो ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न विद्यालयमा कक्षा ६, ७, ८ र ९ मा अध्ययनरत २५० जना विद्यार्थी यो प्रतियोगि्रतामा सहभागी भएका थिए । प्रतियोगिता गत भाद्र १ गते काठमाडौं नयाँबानेश्वरस्थित एनके सिंह मेमोरियल ईपीएस स्कुल, ललितपुर कुपण्डोलस्थित नागार्जुना एकेडेमी आइएसए स्कुल र भक्तपुर गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठमा सञ्चालन भएको थियो ।

प्रतियोगिताको नतिजा यस प्रकार छ:
शीर्ष पुरस्कार
प्रथम: समृद्धी श्रेष्ठ, युनाइटेड स्कुल, सातदोबाटो ललितपुर
द्वितीय: डोल्मा रनग, स्नोल्यान्ड रनग लाइट अफ एजुकेसन, बुढानीलकण्ठ, काठमाडौं
तृतीय: अपेक्षा बस्नेत ओम ज्ञान मन्दिर, लोकन्थली भक्तपुर

विषेश पुरस्कार
कृपा गुरुङ, डल्लु आवासीय विद्यालय
प्रतिष्ठा ढुंगाना, सेन्ट पल इन्टरनेसनल स्कुल
साइरा शेइख, कम्यक स्कुल
आशिस राई, एभरेष्ट फ्लोरिडा हा. से. स्कुल
निशा गुप्ता, सूर्योदय सेकेन्डरी स्कुल
सृष्टि हिङमाङ, इपिएस स्कुल,
रिसब जंग थापा, अक्षमाला विद्या सदन
भूमिका बुद्धाचार्य, जनकनाथ उमावि
हिस्टन मगर, शुभतारा स्कुल
आश्रय वैद्य, ग्रेडेड इङलिस मिडियम स्कुल
मानश्वी बुढाथोकी, सेन्ट मेरिज स्कुल
नोदिता कार्की, नागार्जुना एकेडेमी
सौरभ मैनाली, सिद्धार्थ विद्यापीठ

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu