प्रदर्शनमा आयो ‘बादशाह जुट’



शुक्रबारबाट देशभरका हलमा चलचित्र ‘बादशाह जुट’ प्रदर्शनमा आएको छ । यो चलचित्रले एकल प्रदर्शनको दुर्लभ संयोग पाएको छ । यो चलचित्रसँग भिड्न हलमा कुनै नयाँ चलचित्र छैनन् । चलचित्रले आफूलाई बादशाह सम्झने एक पत्रकार र एक पुलिस अफिसरको कथा वाचन गरेको छ ।

जोनी सिंह राणा निर्देशित फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, अलावा रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङलगायतको अभिनय छ । हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ यो चलचित्रका लगानीकर्ता हुन् । चलचित्रमा अभिषेक शशी कुमारको पटकथा, कृष्ण भारद्धाज र कोशिश क्षेत्रीको संगीत छ ।

राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको चलचित्रमा देशमा केही गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गरिएको बताइएको छ । दुई युवाको बादशाह बन्ने संघर्ष र बादशाह बन्न कस्तो काम गर्नुपर्छ भन्ने कुरा चलचित्रले देखाउने निर्देशक राणा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu