दयाहाङले छाडे ‘लप्पन छप्पन २’



अभिनेता दयाहाङ राईले चलचित्र ‘लप्पन छप्पन २’ छाडेका छन् । विभिन्न कारणले निर्धारित मितिमा छायांकन सुरु हुन नसकेपछि उनले चलचित्रबाट हात झिकेका हुन् । यद्यपि, उनी यो चलचित्रको छायांकनका लागि दशैं अगाडि लण्डन पुगेका थिए । तर, त्यहाँ चलचित्रको छायांकन नभएपछि उनी घुमेर फर्किए । अहिले चलचित्रको अष्ट्रेलियामा छायांकन भइरहेको छ ।


दयाहाङले चलचित्रबाट हात झिकेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्तिलाई अनुबन्ध गरेको स्रोत बताउँछ । उनी लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । यसअघि उनले आफ्नै पिताले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनयमा डेब्यू गर्न लागेका थिए । तर, यो चलचित्रको छायांकन पूरा नहुँदै रोकियो । अब, यो चलचित्र बन्छ वा बन्दैन कुनै टुंगो छैन ।

दयाहाङले ‘लप्पन छप्पन २’ छाड्नुको कारण उपेन्द्र सुब्बाको चलचित्र ‘जारी’ हो । अहिले यो चलचित्रको छायांकन पाँचथरमा भइरहेको छ । चलचित्रमा दयाहाङको जोडी अभिनेत्री मिरुना मगरसँग बाँधिएको छ । उनले दशैंभित्र ‘लप्पन छप्पन २’ को छायांकन पूरा गर्ने र तिहारपछि ‘जारी’ लाई समय निकाल्ने तालिका थियो । तर, ‘लप्पन छप्पन २’ को छायांकनमा ढिलाई भएपछि उनले चलचित्र छाडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu