फागुन ९ मा ‘सेन्टी भाइरस’, फस्टलुकमा यस्ता देखिए ‘धुर्मुस’



सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’ को प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फागुन ९ गतेबाट रिलिज डेट लक गर्दै सार्वजनिक गरिएको पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’ फिचर्ड छन् । रामबाबु गुरुङले चलचित्रको निर्देशन गरेका हुन् ।

एक गीत खिच्न बाँकी यस चलचित्रमा सितारामका अलावा कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले चलचित्रको सम्पूर्ण दृश्य खिचेका हुन् ।

‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस चलचित्रमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । डिन्डु लामा ह्योल्मोले चलचित्रको निर्माण गरेकी हुन् । ‘सेन्टी भाइरस’ को सह-निर्मातामा फूर्पा लामा रहेका छन् ।

निर्देशक रामबाबुले चलचित्रलाई उत्कृष्ट बनाउने कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् । पहिलो पटक चलचित्रमा अभिनेत्रीको रुपमा देखिन लागेकी कुञ्जनाले आफ्नो बाल्यकालदेखिको चलचित्रमा अभिनय गर्ने रहर पूरा भएकोमा खुसी व्यक्त गरेकी छन् । यो चलचित्रको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ । २ करोडको लागतमा चलचित्र बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu