‘मिस्टर नेपाली’ ले राष्ट्रियताको कथा भन्छ : भूवन केसी



कात्तिकको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’ मा दर्शकले नायक भूवन केसीलाई नेगेटिभ क्यारेक्टरमा देख्न सक्नेछन् । यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् ।

नायक केसी भन्छन्– ‘चलचित्रमा म मुख्य नायक होइनँ । यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ ।’

देव भुषालको निर्देशनमा तयार भएको चलचित्रमा भूवनको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

चलचित्रको कथा साहिलको वरिपरी घुमेको छ । भूवनले भने– ‘यो चलचित्रले राष्ट्रियताको कथा भन्छ । विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा चलचित्र बनेको छ ।’

चलचित्रमा कमेडी, प्रेम र देशप्रेम सबै भएकाले पनि दर्शकले मन पराउने विश्वास भूवनले गरे । प्रेमराज दाहालको लगानीमा बनेको यो चलचित्रको अहिले प्रचारप्रसार तिव्र छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu