‘मिस्टर नेपाली’ गीतमा साहिल र कुसुमको छमछमी (भिडियो)



भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को ‘डंका पिट्यो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द तथा दिपक शर्माको संगीत छ । होलीको परिवेशमा खिचिएको गीतको भिडियोमा चलचित्रका नायक साहिल श्रेष्ठ र नायिका कुसुम राउत प्रेमिल मुद्रामा देखिएका छन् ।


गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन र जीवन थापाको सम्पादन छ । देव भुषालको लेखन तथा निर्देशन रहेको चलचित्रमा भुवन केसीको प्रमुख भूमिका छन् । चलचित्रमा उनले दोहोरो भूमिका निभाएका छन् । उनले निभाएको एउटा चरित्र नेगेटिभ छ । चलचित्र राष्ट्रियताको कथामा बनेको बताइएको छ ।

रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवको पनि अभिनय रहेको ‘मिस्टर नेपाली’ विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित छ । निर्देशक भुषाल चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताउँछन् । चलचित्रका निर्माता प्रेम राजा दाहाल हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu