१ करोड १५ लाखमा विक्री भयो ‘सेन्टी भाइरस’ को विदेश राइट्स



यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्ये एक ‘सेन्टी भाइरस’ को अन्तर्राष्ट्रिय राइट्स महँगोमा विक्री भएको छ । अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा यो चलचित्रको विदेश राइट्स विक्री भएको हो । फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रुपैयाँमा विदेश राइट्स खरिद गरेको हो । सोमवार नेप्सिने कम्पनीका नेपाल प्रमुख विधान कार्की र सुविहानी फिल्मस्को तर्फबाट सिताराम कट्टेलबीच कागजी सम्झौता भएको हो ।

गएको असोजमा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ को विदेश राइट्स सबैभन्दा महँगो मूल्य (१ करोड १० लाख) मा विक्री भएको थियो । अब, ‘सेन्टी भाइरस’ सबैभन्दा महँगो मूल्यमा विदेश राइट्स विक्री हुने चलचित्र बनेको छ । चलचित्रको विदेश राइट्स ठूलो मूल्यमा विक्री भएपछि कलाकार सितारामले खुसी व्यक्त गरेका छन् । यो चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शन हुँदैछ ।

सुविहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सह-निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् ।

‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको ट्रेलर र ‘फनफनी’ बोलको गीत सार्वजनिक भैसकेको छ । चलचित्रको ट्रेलरलाई दर्शकले खुबै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu