‘चार आनाको मसला’ गीतमा टिकटक बनाएर बैंकक घुम्नुहोस्



आउँदो चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘चपली हाइट ३’ ले दर्शकलाई बैंकक घुमाउने उपहार योजना अगाडि सारेको छ । तर, बैंकक घुम्नका लागि चलचित्रको सोमवार यूट्युबमा सार्वजनिक भएको ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्नेछ ।

चलचित्रका निर्माता अर्जुन कुमारले प्रथम हुनेलाई बैंकक घुमाइने बताए । सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियोमध्ये एउटालाई विजेता घोषणा गरिने बताइएको छ । यो प्रतियोगिताले चलचित्रको प्रचार-प्रसारमा ठूलो सघाउ पुर्‍याउने विश्वास निर्माण टिमले लिएको छ । चलचित्रको ‘चार आनाको मसला’ बोलको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारको दाबी छ । यो चलचित्रका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए ।

अर्जुन कुमार फिल्मस्को ब्यानरमा चलचित्र निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर चलचित्र ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । यो चलचित्र बक्सअफिसमा औसत चलेको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र बनाउँदैछन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu