यूट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘प्रेमगीत ३’ गीत



नेपालको यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ आइपुगेको छ । सागर आले र मेलिना राईको स्वर रहेको गीतलाई यो समाचार तयार पार्दासम्म दश लाखभन्दा बढीले हेरिसकेका छन् । ५८ हजार लाइक्स मिलेको गीतलाई सात हजारभन्दा बढी कमेन्ट प्राप्त छ ।

कमेन्टमा ९० प्रतिशत सकारात्मक प्रतिक्रिया भेट्न सकिन्छ । भने, १० प्रतिशत नकारात्मक छन् । दर्शकले गीतको अडियोभन्दा भिडियो बढी मन पराएका छन् । विशेषगरि कोरियोग्राफी । हर्क साउथको शब्द र कल्याण सिंहको संगीत रहेको गीतका कोरियोग्राफी कविराज गहतराज हुन् ।

कविराजले चलचित्रका प्रमुख अभिनेता प्रदीप खड्का उर्फ ‘प्रेम’ र नव-अभिनेत्री क्रिस्टिना गुरुङ उर्फ ‘गीत’ लाई प्राचिन शैलीको नृत्यमा उतारेका छन् । यो गीत ‘प्रेम’ र ‘गीत’ को प्रेम अंकुराउनुभन्दा अगाडि चलचित्रमा हेर्न पाइने निर्माताबाट निर्देशक बनेका सन्तोष सेनले बताए । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

कुमार शान शाह र ओएसआर डिजिटल सह निर्माता रहेको चलचित्रका निर्माता सन्तोष सेन हुन् । चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको अभिनय रहेको छ । यो चलचित्रले बक्सअफिसमा ठूलो कमाई गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu