अस्कार अवार्डमा ‘प्यारासाइट’ बन्यो उत्कृष्ट चलचित्र



संसारको सबैभन्दा प्रतिष्ठित चलचित्र अवार्ड मानिने ९२औं अस्कार अवार्डमा साउथ कोरियाको चलचित्र ‘प्यारासाइट’ ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । अमेरिकाको लस एन्जेलिस शहरको डल्बी थिएटरमा भएको यो अवार्ड समारोहमा चलचित्र ‘प्यारासाइट’ ले केही महत्त्वपूर्ण विधामा अवार्ड जितेको छ । चलचित्रले बेस्ट चलचित्रसँगै बेस्ट ओरिजिनल स्क्रिननप्ले विधामा समेत अवार्ड पाएको छ ।

निर्देशक बोङ जोन हो निर्देशित चलचित्र ‘प्यारासाइट’ दुई परिवारको कहानीमा आधारित भएर बनेको हो । यो चलचित्रमा आर्थिक रुपमा सम्पन्न एक परिवार र एक गरिब परिवारबीच साउथ कोरियाको क्लास स्ट्रग्ल देखाइएको छ । यो चलचित्रले अस्कारमा बेस्ट चलचित्रसँगै, बेस्ट डाइरेक्टर, बेस्ट ओरिजिनल स्क्रीनप्ले र बेस्ट इन्टरनेशनल चलचित्रको अवार्ड पनि जित्न सफल भएको छ ।

त्यस्तै, अस्कार अवार्डमा अभिनेता वकिन फिनिक्सले चलचित्रल्म ‘जोकर’ बाट बेस्ट एक्टरको अवार्ड जितेका छन् । वाकिन यो अवार्डका लागि सबैभन्दा प्रवल दावेदार मानिएको थियो । चलचित्र ‘जुडी गार्लेन्ड’ मा आफ्नो परफर्मेन्सबाट दर्शकको मन जितेकी अभिनेत्री रीन ग्लेवेगरले बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भएकी छन् । यो चलचित्रमा उनले उम्दा अभिनय गरेकी थिइन् ।

९२औं अस्कार अवार्डमा ‘वन्स अपन अ टाइम इन हलिउड’ बाट ब्राड पिट उत्कृष्ट सहायक अभिनेता घोषित भए । त्यस्तै, सिनेमाटोग्राफर रोजर डिकिन्सले ‘१९१७’ बाट बेस्ट सिनेमाटोग्राफरको अवार्ड जिते । साम मेन्डेसको यो चलचित्रले अस्कारमा तीन अवार्ड जितेको छ । बेस्ट सिनेमाटोग्राफीसहित बेस्ट भिजुएल इफेक्ट्स र बेस्ट साउन्ड मिक्सिङमा चलचित्रले अवार्ड जितेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu