हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण



विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनीहरु केही दिनदेखि बिरामी रहेका र पछि उपचारका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो समय कोरोना भाइरसका कारण विश्वभर कहर मच्चिरहेको छ । ४६ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

टम ह्यान्स हाल एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त छन् । ‘नमस्कार, रीता र म यहाँ अष्ट्रेलियामा छौँ, हामीले केही थकित महसुस गर्‍यौँ, हामीलाई चिसो लागेको थियो र शरीर दुखेको थियो । अलिअलि ज्वरो पनि आएको थियो । त्यसपछि हामीले कोरोना भाइरसको परीक्षण गर्‍यौँ र दुवैजनालाई यसको संक्रमण भएको थाहा भयो’, ह्यान्सले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu