फेरि खुल्न थाले चीनका सिनेमा हल



कोरोना भाइरसको जोदिम न्यूनिकरणका लागि बन्द भएका चीनका सिनेमा हलहरु फेरि सुरु हुन थालेका छन् । चीनको एक चलचित्र टिकट एपका अनुसार, करीब १७ वटा हल फेरि खुलेका छन् । तर, पहिलो दिन चलचित्रको कलेक्सन १ हजार ७० डलर मात्र रह्यो । महामारी फैलिएपछि चीनमा बिहीवार यस्तो पहिलो दिन थियो, देशमा एक जना पनि कोरोना संक्रमित व्यक्ति भेटिएनन् ।

गत हप्तादेखि चीनको सुदूर क्षेत्रका थिएटरहरू व्यवसायमा फर्केका हुन् । विश्वभर फैलिएको कोरोनाका कारण कयौं ठूला चलचित्रको चीन रिलिज रद्द भएको थियो । त्यस्तै, चीनका पनि ठूला चलचित्र लुनार ईयरको समयमा प्रदर्शन गरिएन । कोरोनाका कारण हलिउडका सबै चलचित्रको रिलिज पोस्टपोन्ड भएपछि चीनमा पुनः खुलेका हलहरुले पुराना चलचित्र चलाइरहेका छन् ।

चलचित्र संकटबाट बाहिर निस्कन चाइना चलचित्र ब्यूरोले सिनेमा हललाई केही स्क्रिनिङ अप्सन दिएको छ । ब्यूरोले सिनेमा घरमा देखाउनका लागि पाँच पुराना हिट चलचित्र दिँदैछ । प्रदर्शन हुने ती पाँच हिट चलचित्रको कमाई हल सञ्चालकलाई नै हुनुपर्ने मागसहित रेग्यूलेटर्सले सरकारसँग कुरा राखेका छन् । एक चलचित्रका राइट होल्डरले यो कोशिशलाई च्यारिटी बताएका छन् ।

एक वेबसाइटसँग कुरा गर्दै आईम्याकका सीईओ रिचर्ड गेलफन्डले भने, ‘लगभग सबै निराश छन् र यदी उनीहरुलाई चाँडै मद्दत गरिएन भने सिनेमा कम्पनीहरु संकटमा पर्नेछन् ।’ उनी अगाडि भन्छन्, ‘चिनियाँ फिल्महरूले विस्तारै दर्शकहरूलाई स्थानीय फिल्महरूबाट ओस्कार विजेता फिल्महरूमा आकर्षित गर्नेछन् ।’ कोरोनाका कारण चीनका ७० हजार हल बन्द छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu