९३ बर्षमा पहिलोपटक सर्‍यो अस्कर अवार्ड



सन् १९२९ देखी शुरु भएको अस्कर अवार्ड पहिलो पटक सरेको छ । कोरोनाभाइरसको कारण दुनियाका प्राय: देशमा लकडाउन चलिरहेको छ । कुनै पनि देशमा चलचित्र रिलीज हुन पाएका छैनन् । नोमिनेशनको लागी समेत पर्याप्त चलचित्रका आवेदन परेका छैनन् । २८ फेब्रुअरी २०२१ मा हुने भनिएको अस्कर पुरस्कार समारोह अब मे-जून २०२१ सम्मको लागेको सरेको हो ।

अस्करको लागी चलचित्र पठाउने प्रक्रिया मार्च या अप्रिलको अन्त्यतिर शुरु हुने गर्छ । नोभेम्वर र डिसेम्बरको बीच नोमिनेशन शर्ट लिस्ट गरिन्छ । जूरी सदस्यले जनवरीमा भोटिंग गर्छन् ।

गत महिना एकेडेमीले तालिका अपडेट गरेको थियो । उक्त तालिकामा यो बर्ष रिलीज भएका चलचित्रहरुले सन् २०२२ को लागी समेत नोमिनेशन दिन सक्ने बताईएको थियो । मेकर्सले चलचित्रहरु यस बर्षको अन्तिममा या अर्को बर्ष रिलीज गर्न सकुन् र ति चलचित्रहरु अस्करमा जान सक्छन् भनेर भरोषा गर्न सकुन् भनेर यस्तो नियम बनाईएको थियो ।

अस्कर एकेडमीले माहामारीलाई मध्यनजर गर्दै नियममा केहि परिवर्तन गरेको छ । यद्यपी यो परिवर्तन स्थायी भने होईन । यो खाली यहि बर्ष मात्र लागु हुनेछ । एकेडेमीले यो पनि बताएको छ की नोमिनेशन क्याटगरी घटाएर २३ बनाईएको छ ।

लकडाउनको कारण बोण्ड सीरीजको नो टाइम टू डाई, टप गन मेवरिक, मुलन तथा ब्ल्याक विडो जस्ता ठुला चलचित्रहरुको रिलीज सरेको छ ।

  • दैनिक भास्करको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu