उपचार गर्दा पनि चलचित्र गर्न नछाडेका चाडविक



सन् २०१८ मा रिलिज भएको ब्लकबस्टर हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यानको क्यान्सरका कारण शनिवार निधन भएको छ । ४३ वर्षको उमेरमा उनको लस एन्जलसस्थित आफ्नो घरमा निधन भएको हो । उनी पछिल्लो चार वर्षदेखि कोलोन क्यान्सरबाट पीडित थिए । क्यान्सरको उपचार गरेपछि उनी ‘ब्ल्याक प्यान्थर’ को हिस्सा बनेका थिए ।

चाडविकले सन् २०१३ मा रिलिज भएको ‘४२’ बाट निकै प्रशंसा कमाएका थिए । यसअघि उनी सहायक भूमिकामा देखिँदै आएका थिए । यो चलचित्रपछि उनले मार्वल सिरिजको ‘ब्ल्याक प्यान्थर’ मा काम गरेका हुन् । चलचित्रमा उनले वकान्डाको राजा टीचालाको भूमिका निभाएका थिए । कयौं सर्जरी र किमोथेरापी गरेका उनले उपचारको दौरानमा पनि कामबाट ब्रेक लिएका थिएनन् ।

उनी अभिनीत दुई चलचित्र ‘डा ५ ब्लड्स’ र ‘मा रेनीज’ कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन । उनले आफ्नो क्यान्सरको बारेमा कहिल्यै सार्वजनिक रुपमा बोलेका थिएनन् । विवाहित चाडविकको सन्तान भने छैनन् । उनको निधनले हलिउड शोकमा डुबेको छ । हलिउड र बलिउडसँगै नेपाली कलाकारहरुले पनि उनलाई सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu