हलिउडको हिरो बन्ने सपना देखेर प्रधानमन्त्री पड्काउने कोईराला



बैकुण्ठराज पराजुली। सुरुमा राजनीतिमा प्रवेश गर्ने चाहना नै थिएन उनीमा । कुनै समयको युवा अवस्थाको जोसमा हलिउडको हिरो बन्ने सपना बोकेका एक ब्याक्ती आजको दिनमा आएर देशको प्रधानमन्त्री जस्तो सम्मानित तथा सक्तिशाली पदमा निर्वाचित भएको छ । कुनै समयको युवा जवानीमा हलिउड को हिरो बन्ने कल्पना बोकेको व्याक्ती गत मंसिर मा सम्पन्न दोश्रो संविधानसभाको निर्वाचन मार्फत दुई ठाउँबाट चुनाब जित्दै आफ्नो पार्टीलाई नै देशको सबैभन्दा शक्तिशाली पार्टीको रुपमा चिनाएको व्याक्ती आज प्रधानमन्त्री बनेका हुन् ।

susil-koirala-hollywood
नेपाली कांग्रेसका सभापति शुशिल कोईराला सोमवार नेपालको ३७ औ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । परिवारका धेरै सदस्यहरु राजनीतिमा लागेको भएपनि युवा अवस्थाका सुरुवाती दिनमा कोईराला चलचित्रको नायक बनेर नाम कमाउने सोच राख्ने गरेको उनले यसअघी नै बताउँदै आएका थिए ।

हिरो बन्न चाहना बोकेका कोईरालाले त्यसका लागि प्रारम्भिक तयारी पनि गरिसकेका थिए रे । जसको लागी उनले भारतबाट नृत्य र फोटोग्राफी सम्ब्नधी प्रशिक्षण पनि लिईसकेका थिए भनिन्छ । उनी ‘हिरो’ बन्ने सपना पूरा गर्न हलिउडतिर हानिने अन्तिम तयारीमा थिए र त्यसको लागी अमेरिकाको भिसा समेत आइसकेको थियो ।

तर, तत्कालिन अवस्थामा २०१७ सालको पुस १ गतेको दिनमा तत्कालिन राजा महेन्द्रले ‘कू’ गरेपछि सुशीलको सपनामाथि पनि बज्रपात भयो । राजनीतिक परिर्वतनसँगै तत्कालीन सरकारले उनलाई विदेश जान समेत प्रतिबन्ध लगायो । जुन प्रतिबन्ध नै आफ्नो क्यारियर नै चलचित्र क्षेत्रमा लगाएर हलिउडको नायक बनेर चिनिन्छु भन्ने सपना बोकेको एक युवकको सपना अनि चाहना माथी तुषारापात बनेर आयो ।

हिरो बन्न तम्तयार बनेका कोईराला त्यो घटनापछि राजनीतिमा सक्रिय हुनुपर्ने ठानेर एकाएक नेपाली कांग्रेसको राजनीतिमा होमिए । सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कू’ गरेको भए पनि सुशील अमेरिका पुगिसकेका हुन्थे र सम्भवतः यतिबेला हलिउडमा जमिरहेका हुन्थे भन्ने गर्छन् ।

सायद चलचित्र लाईनमा लागेको भए उनी आजको दिनसम्म कुनै कुनै रुपमा भिन्न पहिचानका साथ कलाकारको रुपमा चिनिने थिए होला, तर देशको सेवा गर्छु भनेर निरन्तर लागिरहेका त्यागी नेताको अनि निष्ठावान नेताको छबी बनाएका कोईराला अहिले आएर देशको प्रधानमन्त्री जस्तो शक्तिशाली अनि बिशिष्ट पदमा पुगेका छन् । सायद आजको दिनमा आईपुग्दा कोईरालामा आफ्नो बाल्यावस्था अनि किशोरावस्थाको चाहना पुरा नभएकोमा कुनै पश्चाताप नलागेको हुनुपर्छ किनकी उनी अहिलेको समयमा देशको सर्वोच्च पद प्रधानमन्त्री जस्तो सम्मानित तथा गरिमामय पदमा पुगेका छन् ।

susil-koirala-1
शुसिल प्रधानमन्त्री भएसँगै धेरै चलचित्रकर्मी तथा कलाकारीतालाई मुख्य पेशा ठानेर लागिरहेकाहरुमा केहि आशा समेत पलाएको छ । किनकी कुनै समय कलाकारितामा नै सक्रिय रुपम, लागेर जीवन बिताउँछु भनेर लागेको व्यक्ति नै देशको सर्वोच्च पदमा पुग्दै गर्दा त्यो व्याक्तिले यो क्षेत्रको लागी केहि गर्ला भनेर आशा राख्नु स्वभाविक पनि हुन आउँछ ।

कोईरालाले आफ्नो कार्यकाल अवधी भर नेपाली चलचित्र उद्योगको लागी या भनौं नेपाली कला क्षेत्रको लागी केहि गर्लान या नगर्लान त्यो आप्नै ठाउँमा छ । तर कुनै समय यो पेशामा नै आफ्नो क्यारियर बनाउँछु भनेर लागेको मान्छेबाट केहि आशा गर्नु उपयुक्त नै ठानिन्छ भने त्यो आशालाई जीवितै राख्दै समभावना अनि वयवहारमा परिणत गर्नको लागी पनि यो सम्बद्ध व्याक्तीहरु समेत अग्रसर हुनु जरुरी दखिन्छ ।

आशा छ, आफ्नो युवावस्था देखीको चाहनामा तथा जीवनकै पहिलो रोजाईमा परेको कलाकारिता क्षेत्रको हितको लागी तथा यसको उत्थानको लागी सोमवार मात्रै प्रधानमन्त्री पदमा निर्वाचित शुसिल कोईरालाले केहि गर्नेछन् । उनको सफल कार्यकालको लागी शुभकामना । उनको कार्यकाल भित्रै नेपाली मनोरञ्जनको उद्योग तथा चलचित्र उद्योगको हितमा केहि राम्रा कार्यहरुको थालनी होओस् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu