मेस्सीको फूटबलको जादु हेर्न अमेरिका जाँदै अनमोल



काठमाडौं – सुटिङको थकान मेट्न होस् या आफ्नो ‘आइडल’ लाई प्रत्यक्ष मैदानमा खेल्दै गरेको हेर्न, नेपाली सिनेमाका ‘मेगास्टार’ अनमोल केसीको एउटा वर्षौंपुरानो सपना अब पूरा हुँदैछ! ‘एक्सन र कट’ को दुनियाँबाट निस्किएर अनमोल अब सिधै अमेरिकाको भव्य फुटबल रंगशालामा मेस्सीको जादु हेर्न पुग्दैछन्!

विश्वकप फुटबलको ज्वरोले यतिबेला सारा संसारलाई छोपिरहेको छ, र हाम्रा सुपरस्टार अनमोल केसी पनि यो महाकुम्भबाट अछुतो रहन सकेनन्। हो दर्शकवृन्द, अर्जेन्टिनाका जादुगर लियोनल मेस्सीको खेल आफ्नै आँखाले प्रत्यक्ष हेर्न अनमोल आजै एक्लै अमेरिकातर्फ उड्दैछन्!

यही आउँदो शनिबार (नेपाली समय अनुसार आइतबार बिहान ठिक ७ बजेर ४५ मिनेटमा) अमेरिकाको टेक्सासस्थित ड्यालस रंगशालामा अर्जेन्टिना र जोर्डनबीचको भिडन्त हुँदैछ। ड्यालस त्यही सहर हो जहाँ नेपालीहरूको निकै बाक्लो र भव्य बस्ती छ। एकातिर विश्वकपको रौनक, अर्कोतिर ड्यालसमा अनमोल केसीको इन्ट्री! अब त्यहाँ रहेका नेपाली समुदाय र रंगशालाको माहोल कति तात्नेछ, त्यो सहजै अनुमान लगाउन सकिन्छ।

मिडियासँग कुरा गर्दै अनमोलले आफ्नो पारिवारिक ‘फुटबल कनेक्सन’ को रोचक पाटो पनि खोलेका छन्,। उनको परिवार लेजेन्ड म्याराडोनाको ठूलो प्रशंसक थियो, तर अनमोल भने आफ्नो पुस्ताका सुपरस्टार मेस्सीका ‘डाइहार्ड फ्यान’ हुन्। अनमोल भन्छन्- “पहिल्यैदेखि नै स्टेडियममै गएर म्याच हेर्ने मेरो योजना थियो, र सोही अनुसार म जान लागेको हुँ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu