प्रेम दिवसमा सुदर्शनको उपहार, आयो नयाँ फिल्मको अडियो गीत



[dropcap][/dropcap]जिकिँदै गरेको प्रेम दिवस (भ्यालेनटाईन डे)को अवसर पारेर नेपाली कथानक चलचित्र ‘अझै पनि’भित्रको एक अडियो गीत सार्वजनिक गरिएको छ । आगामी बैशाखबाट फ्लोरमा जान लागेको यो चलचित्रको गीत प्रेम दिवसको अवसरमा प्रेमि तथा प्रेमिकाको बनेर यो पर्व मनाउनेहरुको लागी लक्षित गरेर सार्वजनिक गरिएको हो ।

Sudarshan-thapa

माथी उल्लेखित केहि बुँदाहरुले नै चलचित्रले प्रेम कथालाई समेटेको सहजै अनुमान गर्न सकिन्छ । किनकी प्रेम दिवशको अवसरमा नै कुनै चलचित्रको गीत सार्वजनिक गरिनु प्रेमको बारेमा बिषयबस्तु समेटिएको चलचित्र बन्दै गरेको हुनुपर्ने संकेत हो । यसअघि प्रेमकथाका चलचित्रमा सफलता पाएका निर्देशक आलोक नेम्वाङ्ले ‘अझै पनि’लाई निर्देशन गर्दैछन् । अर्का सफल चलचित्र निर्देशक सुदर्शन थापा निर्माता बनेका छन्।

थापा ‘लम्फू’ नामक चलचित्रमा नायक समेत बनिसकेका छन्। निर्देशनबाट कलाकारिता र निर्माता तर्फ आफ्नो नाम लेखाउँदै उनले आलोकलाई निर्देशनको जिम्मेवारी दिएपनि चलचित्रमा अभिनय गर्ने कलाकारहरुको टुंगो भने लागिसकेको छैन । कस्ट्युम डिजाईनरको पहिचान बनाएकी पुनम गौतमसँगको लगानी सहकार्यतामा ‘अझै पनि’ बन्दैछ।

aalok-nembang

‘अझै पनि’लाई आलोक नेम्वाङ्गले निर्देशन गर्दैछन् । यो चलचित्रलाई पुनम गौतमले निर्माण गर्न लागेकी हुन् । यो चलचित्र ‘अ सुदर्शन थापा प्रोडक्सन’ को ब्यानरमा तयार हुनेछ । चलचलित्रको कथा रामशरण पाठकले लेखेका छन् । चलचित्रमा सङ्गित सचिन सिंह, महेश खड्का, राजनराज शिवाकोटी र हरि लम्सालको रहनेछ ।

गीत यहाँ सुन्नुहोस्ः
[cincopa AUOAHcb6PBn4]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu