रहेनन् कलाकार जय प्रकाश रेड्डी



तेलुगू चलचित्रका चर्चित कलाकार जय प्रकाश रेड्डीको निधन भएको छ । उनको मंगलवार विहान आफ्नै निवासमा ७४ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । हृदयघात भएपछि उनी बाथरुममा लडेका थिए । सानै उमेरदेखि अभिनयमा होमिएका रेड्डी एक शिक्षक थिए । चलचित्रमा प्रायः नेगेटिभ र कमेडी भूमिकामा देखिएका उनको पहिलो चलचित्र ‘ब्रह्म पुत्रुदु’ थियो ।

तर, यो चलचित्रबाट उनले सफलता प्राप्त गर्न सकेनन् । करीब एक दशकपछि उनले चलचित्र ‘प्रेमिचुकन्दम रा’ मा काम गरे । तर, बालकृष्ण स्टारर ‘समरसिम्हा रेड्डी’ बाट उनलाई सफलता मिलेको थियो । यसबाट भिलेनको रुपमा उनलाई पहिचान मिलेको थियो । उनले ‘नरसिम्हा नायडू’, ‘आनन्दम’, ‘कबड्डी कबड्डी’, ‘चिन्ना’, ‘किङ’ लगायतका सय बढी चलचित्रमा काम गरेका छन् ।

उनको निधनले तमिल र तेलुगू चलचित्र उद्योगमा शोकको लहर छाएको छ । आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबू नायडूसँगै तेलुगू चलचित्रकर्मीहरुले जय प्रकाश रेड्डीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अभिनेत्री रकुल प्रीत सिंहले ट्विटरमा लेखेकी छन्, ‘मैले उहाँसँग कैयन चलचित्रमा काम गरेकी छु । उहाँको निधनले एकदमै दुखी छु । परिवारप्रति समवेदना । जय प्रकाश रेड्डी गुरुको आत्मालाई शान्ति मिलोस् ।’

त्यस्तै, अभिनेता जूनियर एनटीआरले लेखेका छन्, ‘आफ्नो जबरजस्त अभिनयबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अभिनेताको निधनको खबर सुनेर एकदमै दुखी छु । दिवंगत आत्माको शान्तिको कामना गर्छु ।’ अभिनेता महेश बाबूले पनि उनको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । जय प्रकाश रेड्डी पछिल्लो पटक महेश बाबू स्टारर चलचित्र ‘सरिलेरु नीकेवरु’ मा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu