स्व. निर्देशक शिव रेग्मीको सम्झनामा पुरस्कार स्थापना



[dropcap][/dropcap]फ्नो जीवनकालसम्म हरेक चलचित्रको निर्देशनबाट स्वच्छ छवि बनाएका स्वर्गीय निर्देशक शिव रेग्मीको सम्झनामा ‘शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार’को स्थापना गरिएको छ । यो पुरस्कार हरेक बर्ष चलचित्र क्षेत्रमा महत्वपुर्ण योगदान दिने कुनै पनि चलचित्रकर्मी तथा पत्रकारलाई प्रदान गरिने बताईएको छ ।

आउँदो चैत्र २८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’को निर्माण युनिटले यो चलचित्रको स्थापना घोषणा गरेको हो । पुरस्कारको राशी जनही १० हजार रहेको छ । अक्षयकोष बनाएर त्यसमा आजकै मिती(मंगलवार)देखी १ लाख रुपैयाँ जम्मा गरिएको छ ।

shiva-regmi-prize
मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा स्व. निर्देशक रेग्मी पत्नी ज्ञानु रेग्मी सँगै ‘मनले मनलाई छुन्छ’को निर्माण टिमसहित नायिका गरिमा पन्तले १ लाख रुपैयाँ निर्माता संघका अध्यक्ष राजकुमार राईलाई हस्तान्तरण गरे । यो पुरस्कार हरेक बर्ष निर्माता संघको कुनै एक जुरीले मुल्याङ्कन गरी प्रदान गर्नेछ ।

कार्यक्रममा चलचित्रका निर्माता बिरेन श्रेष्ठ तथा सुनिल सिटौलाले निर्देशक रेग्मीलाई सदा-सदा सम्मको लागी सबै पुस्ताको व्यक्तिहरुलाई समेत चिनाउनको लागी यो पुरस्कारको स्थापना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu