किन रोकियो राजेश हमालको बिहेको साईत ?



राजेश हमाल, यो नाम धेरै नेपाली नेपालीमाझ परिचित नाम हो । नेपाली चलचित्र जगतका महान हस्ती नायक राजेश हमाल पछिल्लो समय चलचित्रमा भन्दा पनि बिहेको कुराले बढी चर्चामा छन । यसअघी करिब दुई महिना अगाडी राजधानीमा आयोजित एक कार्यक्रममा आफुले यही फागुनमा बिहे गर्ने तयारीमा रहेको कुरा सार्वजनिक गरेका हमालले पुनः बिहे स्थगित गरेका छन ।

HAMAL MADHU

पुर्बी नेपालकी मधु भट्टराईसँग बैबाहिक बन्धनमा बाँधिने तयारीमा रहेका हमालले पटक-पटक बिहेको कार्यक्रम सार्दै आएकोमा यो पटक पनि बिहेको लागी अर्को मिती तोक्ने जानकारी गराउंदै बिहे स्थगित गरे । किन बिहे रोकियो, भन्ने प्रश्नमा हमालले आफ्नो ‘परिवारका सबै सदस्य फागुनमा जम्मा हुन अवस्था नबनेकोले यो फागुनको बिहे रोकिएको बताए’ । हमाल परिवारका धेरैजसो आफन्त बिदेशमा छन ।

 

अब कहिले लाई जुर्ला त बिहेको दिन भन्ने प्रश्नमा पनि हमालले ठोस उत्तर दिएनन । परिवारका सबैजसो सदस्यहरुसँग सर-सल्लाह गरेर मात्र अब बिहेको दिन तोक्ने संकेत हमालको छ ।

५० को बसन्त पार गरिसक्दा समेत अबिबाहित रहेका नायक हमालको विवाहको कार्यक्रम पारिवारिक कुराले वा अरु नै कारण सर्यो त्यो त उनलाई नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu