ह्याप्पी बर्थडे शुष्माः चलचित्रमा हाईट सँधै उच्च रहोस ।



नेपाली चलचित्रकी नायिका तथा लुटबाट ‘आईटम गर्ल’ को रुपमा चर्चा कमाएकी शुष्मा कार्कीको आज (शुक्रवार) जन्मदिन परेको छ । फेब्रुवरी-१४ अर्थात आज नै परेको ‘प्रेम दिवस’को अवसरमा जन्मदिनको खुसीयाली साट्न पाउँदा शुष्माले निकै खुसी भएको बताएकी छिन ।

Sushma Karki

चलचित्र ‘मेरो एउटा साथी’बाट नेपाली रजतपटमा प्रवेश गरेकी शुष्माले आजको दिनदेखी २७ औं बसन्तमा पाईला टेकेकी छिन । शुष्माले अभिनय गरेका धेरै चलचित्र मध्ये पछिल्लो समय प्रदर्शनमा आएका चलचित्र बिन्दास’ र ‘बिन्दास-२’ ले शुष्माको हाईटलाई थप उच्च बनेको थियो, भने चलचित्र ‘लुट’को आइटम नृत्यले यसअघी नै उनको लोकप्रियता बढाएको थियो ।

स्थाई घर बर्दिया भएकी शुष्माको प्रेम प्रसङ्गको कुरा गर्नुपर्दा उनी विगत डेढ बर्षदेखि अनुप्रस्थ ब्याण्डका लिड भोकलिष्ट निरन शाहीसँग प्रेममा छिन् । आज परेको जन्मदिनको अवसरमा शुष्मालाई ‘ठुलोपर्दा डटकम’को तर्फबाट धेरै-धेरै शुभकामना, नेपाली चलचित्रमा उनको हाईट सँधै उच्च बनिरहोस !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu