राजधानीमा चलचित्रकर्मी दाहाल सम्मानित



चलचित्रकर्मी सुमन दाहाल शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन । वातावरण संरक्षणमा निरन्तर रुपमा कार्य गर्दै आएको संस्था ‘सेभ द प्लानेट मिसन २०२० नेपाल’ले विगत ५ वर्षदेखि ‘प्रकृतिलाई माया गरौँ‘ अभियानको साथ फेब्रुअरी १४ मा मनाउँदै आएको वार्षिक कार्यक्रममा चलचित्रकर्मी दाहाललाई वातावरण तथा पर्यावरण सम्बन्धी डकुमेन्ट्री बनाएर जनचेतना जगाउन सहयोग गरेको भन्दै सम्मान गरेको हो । सम्मानित दाहाल नेपाल चलचित्र निर्देशक समाज तथा चलचित्र पत्रकार संघमा कोषाध्यक्ष छन ।

dahal

दाहाललले केहि समय अगाडी वातावरण तथा पर्यावरण जगेर्ना सम्बन्धी उत्कृष्ट डकुमेन्ट्री बनाए थिए । उक्त कार्यक्रममा ३३ वर्ष देखि वातावरण क्षेत्रमा कार्यरत आईयूसिएनका राजेन्द्र खनाल, लेखक तथा समाजसेवी तथा सामाजिक अभियन्ता होमराज आचार्य, वातावरण संरक्षण अभियन्ता तथा मिस नेपाल २००५ सुगारकिा केसी, ‘सेभ द प्लानेट’को विभिन्न वातावरणको कार्यक्रमहरुमा सहभागी बैंकर रविना देशराज श्रेष्ठ, लगायतलाई समेत सम्मान गरिएको थियो । ‘सेभ द प्लानेट मिसन २०२० नेपाल’ वातावरण संरक्षण तथा सचेतनाको पक्षमा कार्य गर्दै आएको संस्था हो । यो संस्थाले बिभिन्न समयमा बिभिन्न ठाउंका नागरिकहरु समक्ष वातावरण र पर्यावरण सम्बन्धी सचेतना जगाउने विविध कार्यहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu