चैत २७ मा आउने भयो ‘कृष्ण लीला’



प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्र ‘कृष्ण लीला’ को प्रदर्शन मिति घोषणा गरिएको छ । दीपक ओली निर्देशित चलचित्र नयाँ बर्ष ०७८ को अवसरमा चैत्र २७ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । पूर्वी नेपालको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको चलचित्र नयाँ बर्षको छेको पारेर चैत्र २७ गते दर्शकमाझ ल्याउने निर्णय गरिएको कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए ।

यो चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको जोडी बाँधिएको छ । बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारलहरुको पनि अभिनय रहेको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । आरआर फिल्मस्को ब्यानरमा निर्मित चलचित्रको लेखन लक्ष्मण सुवेदीको हो भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

शिब ढकालले खिचेको चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । निर्माण युनिटले ३० माघमा चलचित्रमा समावेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजननिक गर्ने तयारी गरेको छ । ‘कृष्ण लीला’ ले तोकेको मितिमा ‘मनसँग मन’ र ‘लप्पन छप्पन २’ पनि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu