प्रेमीसँग विवाह गर्दै अञ्जु पन्त



चर्चित गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छन् । गायक तथा संगीतकार मनोज राजसँग डिभोर्स गरेको झण्डै एक दशकपछि उनले प्रेमीसँग विवाह गर्न लागेकी हुन् । उनले इलामका स्थायी थिर कोइरालासँग लगनगाँठो कस्ने भएकी हुन् । उनीहरुले यसै वर्ष विवाह गर्ने बुझिएको छ ।

दुवैको परिवारमा बिहेको कुराकानी भइरहे पनि विवाहको मिति तय नभएको थिरले मिडियासँगको कुराकानीमा बताएका छन् । मिडियामा विवाहका खबरहरु आउन थालेपछि दबाब हुन थालेको उनको भनाई छ । अञ्जुले पनि थिरसँग विवाह गर्न लागेको कुरालाई स्वीकार गरेकी छन् ।

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द लेखेका छन् । उनीहरु १ बर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu