उपासनाले गरिन् एजुकेशन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घाटन



अभिनेत्री उपासना सिंह ठकुरीले एजुकेशन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घाटन गरेकी छन । काठमाडौंको नयाँ बानेश्वरमा रहेको नयाँ शाखाको उनीसहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले उद्घाटन गरेका हुन् । ठकुरी एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बसेडर समेत हुन् ।

उद्घाटन कार्यक्रममा उपासनाले लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध संस्थासँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । यस संस्थाका प्रमुख सुनील उप्रेतीले पछिल्लो समय युवा दर्शकहरूमाझ राम्रो क्रेज बनाउन सफल उपासनालाई ब्राण्ड एम्बसेडरको रुपमा पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ विजेता निकिता कर्माचार्यले संस्थालाई सफलताको शुभकामना दिए । विद्यार्थीहरुको सन्तुष्टि नै संस्थाको लक्ष्य रहेको बताउँदै नवराज प्रसाई, नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा एजुकेशन एण्ड माइग्रेसन कर्नर झन् वृहत् र विस्तारित रूपमा अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu