‘लप्पन छप्पन २’ लाई चिनियाँ भाषामा डब गरिँदै



केही वर्षयता भारतीय चलचित्रले चिनियाँ बजारमा आफ्नो बलियो पकड बनाउँदै गर्दा नेपाली चलचित्रका लागि चीनका हलमा चलचित्र रिलिज गर्नु ‘आकाशको फल आँखा तरी मर’ झैँ भएको छ । गत वर्ष निर्देशक दिपेन्द्र के. खनालले चलचित्र ‘आमा’ लाई चीनमा रिलिजका लागि पहल गर्ने बताएका थिए । तर, त्यहाँ कसरी चलचित्र गर्ने भनेर मेलोमेसो नपाउँदा उनी अगाडि बढ्न सकेनन् ।

यस्तैमा, आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ लाई चीनका सिनेमा हलमा रिलिजको प्रयास गरिने भएको छ । यसका लागि निर्माण टिमले चिनियाँ भाषामा फिल्मलाई डब गर्दैछ । चलचित्रको चीन रिलिज अधिकार शान्त शर्माले लिएका छन् । चीनका थिएटरमा चलचित्र रिलिजको प्रयास भइरहेको निर्देशक मुकुद भट्टले जानकारी दिए ।

‘अहिले डब गर्न भाषालाई ट्रान्सलेट गर्ने काम भइरहेको छ । त्यसपछि डबिङ गरेर चीनमा रिलिजका लागि प्रयास गरिनेछ । चिनियाँ भाषाहरु बोलिने अन्य देशमा पनि चलचित्र रिलिज गर्ने कुराहरु भइरहेको छ,’ निर्देशक भट्टले भने । सिनेमा हलमा सम्भव नभए ओटीटीमा रिलिज गरिने उनले बताए । चलचित्रको मुम्बईमा हिन्दी, तमिल, तेलुगू र भोजपुरी भाषामा पनि डब भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu