२७ दिनमा सकियो ‘चिसो मान्छे’ को छायांकन



चलचित्र ‘चिसो मान्छे’ को सम्पूर्ण छायांकन सकिएको छ । फागुन १७ गते शुभमुहूर्त गर्दै ललितपुरबाट सुरु भएको चलचित्रको छायांकन शनिवार बझाङ पुगेर सकिएको हो । छायांकन सुरु भएको २७ दिनमा चलचित्रको सुटिङ प्याकअप भएको निर्देशक खनालले बताए । चलचित्रमा अनुभवी कलाकारहरु भएका कारण समयमै छायांकन सकिएको उनको भनाई छ ।

‘आमा’ निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिकामा छन् । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद र छायांकन निर्देशक खनाल स्वयंको हो । उनले चलचित्र सोचेको जस्तै बनेको बताएका छन् ।

लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथालाई चलचित्रमा पेश गरिएको छ । निर्माण टिमले चलचित्रलाई आउँदो भदौ ११ गते प्रदर्शन गर्ने तयारी गरेको छ । यो चलचित्रमा स्वस्तिमाले बाजुराकी एक निम्न वर्गाीय महिलाको भूमिका निर्वाह गरेकी छन् । यसका लागि उनले लामो समय त्यस ठाउँमा बोलिने भाषा र लवज सिकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu