‘के लेखु शब्दमा’ निराजन र आज्ञा (भिडियो)



सुरज शाही ठकुरीको स्वर तथा संगीत रहेको गीत ‘के लेखु शब्दमा’को भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमीकालाई माया भावले वर्णन गर्ने गीतको भिडियोमा निराजन प्रधान र आज्ञा करन्जीत फिचर्ड छन् ।

पछिल्लो समय नायक अनमोल केसीसंग फिल्म ‘पारस’मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीत हो । सार्वजनिक गीतमा जंग बहादुर शाही र अमृत घोले लामाको शब्द रहेको छ । गीतको शब्दलाई दृश्य मार्फत प्रस्ट्याउने जमर्को गरेको निर्मता तथा गीतकार घोलेले बताए ।

भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । एजिएल इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडीयोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu