लकडाउनको समयमा साइन गरेको चलचित्र ‘भाँडाकुटी’ छायांकनमा जान ढिलाइ भएपछि अभिनेत्री बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी छन् । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रेमगन्ज’ मा उनी अनुबन्ध भएकी हुन् । उनको अपोजिटमा तेज गिरी फाइनल भएको निर्माण टिमले जानकारी दिएको छ ।

लामो समयदेखि मुक्तिनाथ विकास बैंकमां जागिरे रहेका तेजले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । त्रिकोणात्मक प्रेम कथामामा बन्ने चलचित्रको छायांकन यही चैत २५ गतेबाट सुरु हुँदैछ । यसअघि चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भइसकेका छन् ।
चलचित्रले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने बताइएको छ । दुई दशकदेखि नेपाली चलचित्रमा स्पटब्वाईको रुपमा सक्रिय राजु फुयाँलले निर्माण गर्ने चलचित्रको कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको काभ्रे, जिरी र काठमाडौंमा छायांकन हुने निर्माण टिमले जनाएको छ ।