सिनेमा हलका लागि बनाइएको चलचित्र ‘श्री’ सिधै ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । शुक्रवार १ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको ओटीटी रिलिज डेट चैत २७ लाई घोषणा गरेको हो । चलचित्र ‘मोमो : म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा एकसाथ रिलिज हुनेछ ।

चलचित्रमा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, नवीन श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय रहेको छ । लकडाउनको समयमा ७२ घण्टामा छायांकन सकिएको चलचित्रलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् ।
सविता गुरुङको निर्माण रहेको चलचित्रको कथा लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले सघाएका छन् । चलचित्रलाई शेरबहादुर तामाङले छायांकन गरेका हुन् । पैसाका लागि पात्रहरुको दौडधुप र त्यसले उत्पन्न गर्ने समस्यामा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । ट्रेलर हेर्दा चलचित्रको मूल कथा सन्दिपको वरिपरी घुमेको बुझ्न सकिन्छ ।
ट्रेलर :-




