मुम्बईमा गरियो ‘प्रेमगीत ३’ को हिन्दी डबिङ



कोरोनाका कारण नेपाल प्रदर्शन अन्योल रहेको चलचित्र ‘प्रेमगीत ३’ लाई अब भारतीय दर्शकहरुले पनि हेर्न पाउने भएका छन् । भारतका सिनेमा हलमा नै प्रदर्शन गर्ने गरी अहिले चलचित्रको मुम्बईस्थित रियल टच स्टूडियोमा पोष्ट प्रोडक्सनको काम भइरहेको निर्माता सन्तोष सेनले जानकारी दिए । शुक्रवारबाट चलचित्रको हिन्दी डबिङ र सम्पादनको काम सकिएको उनले बताए ।

मुम्बईबाट उनले अनलाइन कुराकानीमा भने- ‘अब ब्याकग्राउन्ड स्कोर, भिएफएक्स, गीत रेकर्ड लगायतको काम बाँकी छ । बलिउड चलचित्र ‘राधे र बेल बटम’ पछि स्टूडियोमा हाम्रो चलचित्रको काम भइरहेको छ । अहिलेसम्मको आउटपुट हेर्दा सन्तुष्ट छु ।’ उनले भारतका सिनेमा हलमा चलचित्र रिलिजका लागि विभिन्न वितरक कम्पनीहरुसँग लगातार छलफल भइरहेको बताएका छन् ।

चलचित्रलाई नेपाल र भारतका हलमा एकसाथ रिलिज गरिने उनको भनाई छ । स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो चलचित्रबाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu