‘ए मेरो हजुर ४’ मा अनमोलको यस्तो लुक्स



आफूले पाएको चरित्रलाई न्यायपूर्वक निर्वाह गर्न कुनै कसर नछाड्ने अभिनेता अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ४’ का लागि १० केजी तौल घटाएका छन् भने कपाल पनि छोटो बनाएका छन् । केही दिन अगाडि शे-फोक्सुण्डो तालमा शिर्ष गीत खिचेर फर्किएको निर्माण टिमले शुक्रवारदेखि ग्रान्डी हस्पिटलमा अनमोल गम्भीर विरामी भएर उपचारार्थ भएको दृश्य खिचिरहेको छ ।

निर्माण टिम अनमोलले कपाल काटेपछिको लुक्स चलचित्र रिलिज अगाडि सार्वजनिक गर्ने सोचमा थिएन । तर, अस्पतालको प्रांगणमा छायांकन भइरहँदा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिकटकमा अनमोलको लुक्स सार्वजनिक गरिदिएका छन् । यो भिडियो यतिबेला टिकटकमा निकै भाइरल भएको छ । उनको लुक्सले दर्शकमा चलचित्रप्रति कौतुहलता र उत्सुकता जगाएको छ ।

टिकटकमा भेटिएको भिडियोमा अनमोल दुब्लो देखिएका छन् भने कपाल पनि निकै छोटो छ । उनले अस्पतालमा विरामीले लगाउने निलो रंगको पहिरन लगाएका छन् । टिकटकमा भाइरल भएको सिन चलचित्रको क्लाइमेक्स रहेको बुझिएको छ । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले मोबाइलबाट खिचेर अनमोलको लुक्स सार्वजनिक गरेपछि निर्माण टिम तनावमा देखिएको छ ।

झरना थापाको निर्देशनमा बनिरहेको चलचित्रमा अनमोलको जोडी सुहाना थापासँग बाँधिएको छ । उनीहरुले दोस्रो पटक सँगै काम गरेका हुन् । चलचित्रमा सलोन बस्नेत पनि प्रमुख भूमिकामा छन् । सुनिल कुमार थापा निर्माता रहेको चलचित्र आउँदो वर्षको भदौ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कोरोनाका कारण अधुरैमा रोकिएको चलचित्रको छायांकन दशैंबाट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu