‘विवेक’ बन्दै विपिन



चलचित्र ‘हिमानी’ भन्दा अगाडि निर्माता माधव वाग्लेले चलचित्र ‘विवेक’ बनाउन भएका छन् । उनले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्नेछन् । उनको प्रोडक्सन कम्पनी प्रिन्सेस मुभिजको ब्यानरमा बन्न लागेको चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा फाइनल भइसकेका छन् । चलचित्रको अन्य पात्रका लागि भने अडिसनबाट कलाकार छानिने निर्माता वाग्लेले बताए ।

मंगलवार साँझ उनले आफ्नो फेसबुकमा चलचित्रको एक पोस्टर सार्वजनिक गरेका छन्, जसमा विपिनलाई निराश मुद्रामा देख्न सकिन्छ । चलचित्रमा उनी टाइटल क्यारेक्टरमा देखिनेछन् । पोस्टरमार्फत् चलचित्रका लागि अडिसन आह्वान गरिएको छ । मधेशी चरित्रका लागि चैत २८ गते प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अडिसन हुन लागेको निर्माता वाग्लेले बताए ।

उनले भने- ‘चलचित्रले तराई क्षेत्रको कथा भन्ने भएकाले कलाकार पनि त्यतैबाट लिन खोजेका हौं । छायांकन पनि तराई क्षेत्रमै हुनेछ । अहिले स्क्रिप्टमा काम भइरहेको छ । जेठपछि छायांकनमा निस्कने तयारीमा छौं ।’ ‘हिमानी’ को स्क्रिप्टमा काम भइरहँदा ‘विवेक’ को कथा फुरेको उनले बताए । लेकनाथ कोइरालाको लेखन रहेको चलचित्र नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu