चलचित्र पत्रकार पराजुली एशोसिएट प्रदेशको अध्यक्षमा विजयी



नेपाल पत्रकार महासंघको एशोसिएट प्रदेशको अध्यक्षमा चलचित्र पत्रकार बैकुण्ठ पराजुलीले सानदार विजयी हासिल गरेका छन् । बुधबार भएको मतगणनामा उनले ३ सय ९९ मत प्रााप्त गर्दा उनका प्रतिद्वन्दी डीबी खड्काको पक्षमा २ सय ७५ मत खसेको थियो । पत्रकार महासंघमा आबद्ध ११ वटा एशोसिएट संस्थाले चलचित्र पत्रकार संघलाई एशोसिएट प्रदेशको अध्यक्ष छाडेका थिए ।

लोकतान्त्रिक प्यानल ९विपुल पोखरेल० बाट विजयी हासिल गरेका पराजुली चलचित्र पत्रकार संघका पूर्व सचिव हुन् भने खड्का साधारण सदस्य हुन् । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले १२ वटै एशोसिएट संस्थाको मुद्धा लिएर महासंघमा जाने र समस्या समाधानका लागि प्रयास गर्ने बताए । चलचित्र पत्रकारितालाई मर्यादित बनाउन पनि आफूले भूमिका खेल्ने उनको भनाई छ ।

एशोसिएट प्रदेशको अध्यक्षबाहेक बाँकी सम्पूर्ण पद निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा श्रीह​री थापा, महिला उपाध्यक्षमा प​बित्रा मुड​भ​री, महासचिवमा रोय​ल​ आचार्य​, सचिवमा ध​र्मेन्द्र​ ओझा, सचिव समाावेशीमा योगेश​ ख​पाङ्गी, कोषाध्यक्ष डा. ध्रुव​ कुमार​ तुलाध​र चयन भएका छन् ।​ त्यस्तै, सदस्यमा चलचित्र पत्रकार द्वय सुर​ज​ पौडेल​ र पुष्पा थ​प​लियासहित १० जना चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu