सीसीएमसीलाई हल बन्द गर्न सिफारिस



भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाएको छ । सरकारले केही दिन अगाडि भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको थियो । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको छ ।

मन्त्रालयले सिनेमा हल, शिक्षण संस्था, पार्टी प्यालेस पनि बन्द गर्न सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को शुक्रवार बस्ने बैठकले निर्णय गर्न सक्नेछ । भीडभाड हुने ठाउँ भएकाले सिनेमा हल बन्द गर्न मन्त्रालयले गरेको सिफारिसलाई सीसीएमसीले कार्यान्वयन गर्ने प्रवल सम्भावना छ ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत वर्ष लकडाउन गर्नुभन्दा अगावै सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । यसपछि ९ महिना बन्द भएका सिनेमा हल पुष १० गतेबाट खुले । फेरि सरकारले सिनेमा हल बन्द गर्ने तयारी गरेपछि चलचित्र क्षेत्रमा संकट उत्पन्न हुने खतरा सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu