विपिनलाई लिएर ‘लाल मोहन जी’ बन्ने



‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले चलचित्र ‘लाल मोहन जी’ को निर्देशन गर्ने भएका छन् । जेठको पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रमा अभिनेता विपिन कार्कीले मुख्य भूमिका निर्वाह गर्नेछन् । चलचित्रमा अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुस्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सुशान्त मेचेको पनि अभिनय रहनेछ ।

आर. रोसफी फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् । चलचित्रका लागि एक हिरोइन चयन हुन बाँकी छ । प्रवेश पौडेलको कथामा पटकथा तथा संवाद आकाश बरालले तयार पारेका छन् । चलचित्रमा सन्तोष राजको संगीत, निरज कडेलको छायांकन, राजु तामाङको द्वन्द्व, कबिराज गहतराजको नृत्य र अर्जुन जिसीको सम्पादन रहनेछ ।

नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा चलचित्रको छायांकन हुने निर्देशक बस्नेतले बताए । सस्पेन्स कमेडी कथामा बन्न लागेको चलचित्रको कथा राम्रो रहेको उनको दाबी छ । ‘चलचित्रको कथाका लागि दुई बर्ष होमवर्क गरेका छौं । यसको कथा अहिलेसम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ,’ बस्नेतले भने । चलचित्रलाई तिहारमा रिलिज गर्ने योजनामा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu